शब्दयात्रा प्रकाशनले अग्रज पत्रकार हरिहर विरही (सिन्धुली) लाई २०८२ सालको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ समर्पण गर्ने भएको छ । उहाँ केही समयका लागि अमेरिका जानुभएको छ । ‘गोर्खाली’ पत्रिकाका माध्यमबाट लोकतन्त्रका लागि आवाज उठाउने राणाकालीन पत्रकार देवीप्रसाद सापकोटाको नाउँमा स्थापित यस सम्मानको कोष व्यवस्थापन उहाँका पनाति विराटनगर निवासी लेखक सुनील सापकोटाले गर्नुभएको हो ।