Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

राममणि सिटौलालाई स्तम्भकार सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’ राममणि सिटौला (नुवाकोट) मा समर्पण गर्ने भएको छ । उहाँले लामो समयसम्म विभिन्न पत्रिकाहरूमा स्तम्भकारका...
HomeActivities‘शब्दसंवाद’ मा पशुपतिमान पःमाँ

‘शब्दसंवाद’ मा पशुपतिमान पःमाँ

शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ८७ औँ शृङ्खला भक्तपुरको वाराहीस्थानमा गत २०७६ जेठ १५ गते बिहीबार सम्पन्न भयो । आवश्यक व्यवस्थापन तथा सञ्चालन लेखक, पूर्वप्रशासक तथा चिकित्सक डा. इन्दुल केसीले गर्नुभएको उक्त कार्यक्रममा लेखक तथा शिक्षासेवी पशुपतिमान पःमाँ (प्रधान) प्रमुख वक्ताका रूपमा समुपस्थित हुनुहुन्थ्यो । साहित्यकार तथा समाजसेवी तिलकप्रकाश कायस्थको प्रमुख आतिथ्य तथा साहित्यकार नवीना श्रेष्ठ र सुनील सापकोटाको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो । कार्यक्रममा शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले संस्थाका विषयमा जानकारी गराउनुभएको थियो भने कार्यक्रमका विषयमा साहित्यकार ध्रुव मधिकर्मी र केही विद्वत्वर्गले जिज्ञासा राख्नुभएको थियो ।
उक्त कार्यक्रममा विजय विस्फोट, रमेश अधिकारी, यज्ञबहादुर कार्की, चूडाप्रसाद चौलागाईं, पदम दाहाल, श्याम आशा, सौरभ शाक्य, मनोरमा शर्मा, कृष्ण किसी, रूपा कुथू, विमल ताम्राकार, विष्णु ताम्राकार, कृष्णभक्त बोडे, रीक्षा घिमिरे आदिको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा ‘शब्दयात्रा प्रकाशनका छ वर्ष’ पुस्तक सहभागी सबैलाई प्रदान गरिएको थियो ।