Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रा प्रकाशनबाट ‘संस्मरण र आत्मवृत्तान्त’ प्रकाशन हुँदै

शब्दयात्रा प्रकाशनबाट ‘संस्मरण र आत्मवृत्तान्त’ प्रकाशन हुँदै

शब्दयात्रा प्रकाशनले ‘संस्मरण र आत्मवृत्तान्त’ नामक पुस्तक प्रकाशन गर्ने भएको छ । बनेपाका हर्षनारायण कर्माचार्यले लेख्नुभएका फुटकर लेख–संस्मरणहरूको सङ्ग्रहका रूपमा रहेको उक्त पुस्तकमा जनमत प्रकाशनका अध्यक्ष मोहन दुवालको मन्तव्य रहेको छ ।
शब्दयात्रा प्रकाशनको आठौँ वार्षिक साधारण सभा सम्पन्न —
शब्दयात्रा प्रकाशनको आठौँ वार्षिक साधारण सभा यही २०७८ साल असोज ९ गते सम्पन्न भएको छ । सभाले सञ्चालक समितिमा रिक्त हुन आएका दुई सदस्यमा केदारनाथ तिमल्सिना र अमृत अधिकारीलाई मनोनयन गरी सञ्चालक समितिको पुनर्गठन गरेको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन, स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन, आ. व. २०७८–७९ को वार्षिक कार्यक्रम र आयव्ययको संशोधित अनुमान तथा आ. व. २०७९–८० का लागि अनुमानित कार्यक्रम र आयव्यय विवरण पारित गरेको छ । आ. व. २०७८–७९ को लेखापरीक्षणका लागि दर्तावाला स्वतन्त्र लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत तोकेको छ ।