Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesशब्दयात्रा प्रकाशनको अनलाइन बैठक सम्पन्न

शब्दयात्रा प्रकाशनको अनलाइन बैठक सम्पन्न

शब्दयात्रा प्रकाशन सञ्चालक समितिको बैठक पहिलोपल्ट अनलाइन पद्धतिबाट सम्पन्न गरियो । कोरोना भाइरसका कारण शब्दयात्रा प्रकाशनका नियमित कार्यक्रमहरू प्रभावित भएकाले अब कसरी संस्थागत कार्यहरू सम्पन्न गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिएको थियो ।
कोरोना भाइरसबाट उत्पन्न असहज परिस्थितिका कारणले ‘नेपालभूमि राष्ट्रिय साप्ताहक पत्रिका’ को प्रकाशन, सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह, कर्मयोद्धासँग शब्दसंवाद कार्यक्रम, पत्रकारिता छात्रवृत्ति वितरण कार्यक्रम, कर्मशीलता पुरस्कार वितरण कार्यक्रम तथा काभ्रेली पत्रकार र स्तम्भकारलाई कदर गर्ने कार्यक्रमहरू हालका लागि स्थगित गरिएका छन् ।