Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

उज्ज्वल, रिसब र कालोटोपीलाई कदरपत्र समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ कर्पोरेट खबर डटकमका संस्थापक सम्पादक उज्ज्वलजङ्ग पराक्रम शाह, बिजनेस पोस्ट डटकमका सम्पादक तथा आर्थिक लेखक रिसब...
HomeActivitiesशब्दयात्राबाट ‘पानी मनकी रानी’

शब्दयात्राबाट ‘पानी मनकी रानी’

नयाँ कृतिकारहरूलाई उत्प्रेरित र प्रोत्साहित गर्ने क्रममा शब्दयात्रा प्रकाशनले अर्को एउटा कवितासङ्ग्रह प्रकाशन गर्ने भएको छ । काभ्रे जिल्लाबाट महिला कृतिकारहरू पर्याप्त मात्रामा प्रकाशनमा आउन नसकेको परिप्रेक्ष्यमा प्रकाशन हुन लागेको उक्त कवितासङ्ग्रहले काभ्रेली भूमिमा लुकेका महिला साहित्यिक प्रतिभाहरू वैचारिक र शैलीगत रूपमा कति सशक्त छन् भन्ने देखाउनेछ ।
प्रकाशोन्मुख कवितासङ्ग्रहको नाउँ ‘पानी मनकी रानी’ राखिएको छ । ‘पानी मनकी रानी’ नवप्रतिभा कवयित्री सरस्वती शर्मा सुवेदीको पहिलो कवितासङ्ग्रह हो । कवयित्री सुवेदी शिक्षण पेसामा आबद्ध हुनुहुन्छ ।