Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

राममणि सिटौलालाई स्तम्भकार सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’ राममणि सिटौला (नुवाकोट) मा समर्पण गर्ने भएको छ । उहाँले लामो समयसम्म विभिन्न पत्रिकाहरूमा स्तम्भकारका...
HomeActivitiesमोती महोत्सव समारोह समिति गठन

मोती महोत्सव समारोह समिति गठन

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको मोती महोत्सव भव्यताका साथ सम्पन्न गर्न ‘भाषासेवी हरि मञ्जुश्री मोती महोत्सव समारोह समिति’ को गठन गरिएको छ । समितिको सल्लाहकारमा नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्मा रहनुभएको छ ।
अग्रज आख्यानकार भरत जङ्गमको संयोजकत्वमा गठित २३ सदस्यीय उक्त समितिका सदस्यहरूमा पूर्वमन्त्री कान्ता भट्टराई, पूर्वसचिव उर्मिला श्रेष्ठ, गायक, सङ्गीतकार तथा साहित्यकार हिरण्य भोजपुरे, गायक, सङ्गीतकार तथा साहित्यकार गणेश रसिक, वैज्ञानिक प्रा. सुरेशराज चालिसे, नेपालको प्रथम महिला महाप्रबन्धक सावित्री जङ्गम थापा, नियात्राकार तथा उद्यमी घनश्याम राजकर्णिकार, समाजसेवी बेलप्रसाद श्रेष्ठ, नियात्राकार प्राध्यापक पोष चापागाई, बालसाहित्यकार गोपाल पराजुली, पूर्वप्रशासक तथा लेखक चन्द्रबहादुर खड्का, पूर्वप्रशासक तथा लेखक डा. इन्दुल केसी, पूर्वप्रशासक तथा लेखक द्रोणप्रसाद श्रेष्ठ, गीतिभास्कर मच्छेश्वर सापकोटा, ग्रन्थसम्पादक जीवनचन्द्र कोइराला, अग्रज पत्रकार हरिगोपाल प्रधान, लेखक सुनील सापकोटा, कथाकार नवीना श्रेष्ठ, शिक्षासेवी रामप्रसाद अधिकारी, समाजसेवी केशव अर्याल र समाजसेवी किरण थापा तथा सदस्य–सचिवमा निर्मला श्रेष्ठ रहनुभएको छ ।
समारोह समितिले वाङ्मयसेवी हरि मञ्जुश्रीको अभिनन्दनग्रन्थ प्रकाशन गर्ने कार्यका लागि शारदाप्रसाद शर्मा, दामोदर घिमिरे र अमृत अधिकारी रहेको अभिनन्दनग्रन्थ प्रकाशन समिति बनाएको छ ।
काभ्रेपलान्चोक जिल्लामा औपचारिक रूपमा मोती महोत्सव मनाउन लागिएको यो पहिलोपटक हो । कुनै पनि विधाबाट राष्ट्रिय स्तरको योगदान दिने व्यक्तित्वको उमेर छैटौँ दशकमा पुगेको बेला मोती महोत्सव मनाउने गरिन्छ ।