Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesनव कविता वाचन कार्यक्रमको पाँचौँ शृङ्खला सम्पन्न

नव कविता वाचन कार्यक्रमको पाँचौँ शृङ्खला सम्पन्न

नव कविता वाचन कार्यक्रमको पाँचौँ शृङ्खला सम्पन्न भएको छ । शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्र र प्राञ्जल नेपालको आयोजना तथा छन्द कविता मञ्चको संयोजनमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा. अमर गिरी तथा विशेष अतिथि शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष शब्दसारथि हरि मञ्जुश्री रहनुभएको थियो । शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रका संयोजक डिल्लीराम गौतमको अध्यक्षता तथा छन्द कविता मञ्चका संयोजक कवि जीवनाथ अधिकारीको सञ्चालन रहेको उक्त कार्यक्रममा पन्ध्रजना कवि–कवयित्रीले आ–आफ्ना कविताहरू वाचन गर्नभएको थियो । अतिथि कविका रूपमा भोजपुरका कवि सुवास विभास र कञ्चनपुरकी कवयित्री बासमती राना थारू हुनुहुन्थ्यो । सहभागी अन्य कविहरूमा डा. इन्दुल केसी, जीवनाथ अधिकारी, पदम दाहाल, पुण्यवती घले, प्रजापति तिमिल्सिना, विरजा घिमिरे, विनोद कोइराला र सुनील सापकोटा हुनुहुन्थ्यो । कार्यक्रम साँझ ५ बजेदेखि करिब २ घन्टा चलेको थियो । कार्यक्रममा छन्दोबद्ध, लयबद्ध र मुक्त लयका कविताहरू वाचन गरिएका थिए । त्यस बखत नव कविता वाचन कार्यक्रमको छैटौँ शृङ्खला आगामी असोज २३ गते सञ्चालन हुने जानकारी गराइएको थियो ।