Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesजीतबहादुर रायमाझीलाई राष्ट्रझङ्कार सम्मान समर्पण गरिने

जीतबहादुर रायमाझीलाई राष्ट्रझङ्कार सम्मान समर्पण गरिने


शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मान’ जीतबहादुर रायमाझी (सिराहा) मा समर्पण गर्ने भएको छ । मिथिला चित्रकलाका ख्यातिप्राप्त चित्रकलाकार, अन्वेषक तथा लेखक उहाँ बनारस हिन्दू विश्वविद्यालयबाट चित्रकला विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि प्राप्त गर्ने पहिलो नेपालीका रूपमा पनि सुपरिचित हुनुहुन्छ । यो सम्मान आगामी असोज महिनामा शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिने समारोहमा समर्पण गरिनेछ । यस सम्मानको कोष व्यवस्थापन लेखक कृष्णहरि मैनाली (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिएर चित्रकलाकार जीतबहादुर रायमाझीले शब्दयात्रा प्रकाशनलाई गौरवान्वित बनाइदिनुभएको छ ।