Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesक्यान्सरपीडित कविलाई इ. रोशन मञ्जुश्रीबाट सहयोग

क्यान्सरपीडित कविलाई इ. रोशन मञ्जुश्रीबाट सहयोग

क्यान्सरपीडित कवि नवराज न्यौपानेलाई ५ सय रुपियाँ मूल्यको उहाँको कवितासङ्ग्रह (सपनाका लहरहरू — तेस्रो भाग) १० प्रति ५ हजार रुपियाँमा किनिदिएर शब्दयात्रा प्रकाशनका आजीवन सदस्य सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले सहयोग गर्नुभएको छ । त्यत्तिकै आर्थिक सहयोग नलिने, सहयोग गर्न चाहेमा पुस्तक किनिदिनुपर्ने भनाइ कविका परिवारजनबाट आएको हुनाले शब्दयात्रा प्रकाशनको अक्षरसेवी सहयोग कोषको रकम खर्च नहोस् भनेर उहाँले आफ्नै खर्चमा पुस्तक किनिदिनुभएको हो । ती पुस्तकहरू उहाँले सम्मान समर्पण समारोहमा सम्मानित ७ जनालाई ७ प्रति र शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि ३ प्रति प्रदान गर्नुभएको छ । यस्तो उदार सहयोगका लागि सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।