मानव कल्याण समाज (सेवाघर) का संस्थापक अध्यक्ष समाजसेवी सुमित्रा चौलागाईं अथवा सुमी मानव (मकवानपुर) लाई ‘शब्दयात्रा हरि मञ्जुश्री दूरदर्शी नेतृत्व पुरस्कार, २०८१’ समर्पण गरिने भएको छ । यस पुरस्कारका लागि रश्मि हुमागाईं र इ. रोशन मञ्जुश्री अधिकारीले कोषको व्यवस्था गर्नुभएको छ । पुरस्कार आगामी साउन महिनामा समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा समाजसेवी सुमी मानवप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।