शब्दयात्रा प्रकाशनको सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह आगामी भदौ १३ गते मङ्गलबार बनेपाको बे. एन. ब्यान्क्वेटमा हुने भएको छ । उक्त समारोहमा चारजना शब्दसाधकहरूलाई सम्मान तथा आठवटा पुस्तकलाई सार्वजनिक गरिनेछ ।
हरेक वर्षको भदौ महिनामा गरिने नियमित समारोहअन्तर्गत उक्त समारोह गर्न लागिएको हो । शब्दयात्रा प्रकाशनले उक्त समारोहमा सहभागी हुन शुभेच्छुक र अक्षरप्रेमी सबैलाई आग्रह गरेको छ ।