शब्दयात्रा प्रकाशनले नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा गर्नुभएको विशिष्ट योगदानका लागि हास्यव्यङ्ग्यकार शैलेन्द्र सिम्खडा (धादिङ) लाई ‘शब्दयात्रा पं. रुद्रलाल शर्मा हास्यव्यङ्ग्य सम्मान, २०८२’ समर्पण गर्ने भएको छ । यस सम्मानका लागि कोषको व्यवस्था हास्यव्यङ्ग्यकार शारदाप्रसाद शर्माले आफ्ना पिताको स्मृति र सम्मानमा गर्नुभएको हो । सम्मान यही चैत महिनामा शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिने समारोहमा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन परिवार हास्यव्यङ्ग्यकार शैलेन्द्र सिम्खडाप्रति हार्दिक आभार व्यक्त गर्दछ ।