शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा कालु वैद्य आयुर्वेद सम्मान’ वैद्य रामलाल श्रेष्ठ (काठमाडौं) मा समर्पण गर्ने भएको छ । काठमाडौंको बौद्धमा परम्परा दिव्य आयुर्वेद औषधालय सञ्चालन गर्नुभएका उहाँले आयुर्वेद र जडिबुटी उपचार पद्धतिबाट हजारौँ बिरामीहरूको उपचार गर्नुभएको छ । पूर्वीय चिकित्सा पद्धतिलाई लोप हुन नदिन र त्यसको विकास, विस्तार र विश्वसनीयता अभिवृद्धि गराउन उहाँको पनि ठूलो भूमिका रहेको छ । पारिवारिक परम्परालाई निरन्तरता दिँदै उहाँले गर्नुभएको यस्तो महत्तम योगदानका लागि उहाँलाई सम्मान समर्पण गर्ने निर्णय गरिएको हो । यस सम्मानका लागि समाजसेवी नारायणप्रसाद वैद्य र उहाँका परिवारजनले कोष व्यवस्थापन गर्नुभएको छ । यो सम्मान आगामी जेठ महिनाको अन्तिम सातामा समर्पण गरिनेछ । सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरेको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा वैद्य रामलाल श्रेष्ठप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।