शब्दयात्रा प्रकाशनबाट २०८२ सालको ‘शब्दयात्रा सुभाष खड्का विद्वतवृत्ति’ प्राप्त गर्नुभएका मुरहरि रायमाझी ‘हरि’ ले विद्वतवृत्ति ग्रहण गरेर लेख्नुभएको पुस्तकको पाण्डुलिपि शब्दयात्रा प्रकाशनमा बुझाउनुभएको छ । उहाँले पुस्तकको नाउँ ‘कुशल प्रशासक र असल लेखक चन्द्रबहादुर खड्का’ राख्नुभएको छ । झ्याउरे छन्द प्रयोग गरिएको यस पुस्तकमा कविता विधाबाट चन्द्रबहादुर खड्काको व्यक्तित्व र कृतित्वको मूल्याङ्कन गरिएको छ । शब्दयात्रा प्रकाशन र सुभाष स्मृति प्रतिष्ठानका बीचमा भएको सम्झौता बमोजिम यो पुस्तक सुभाष स्मृति प्रतिष्ठानले प्रकाशन गर्नेछ । सुभाष स्मृति प्रतिष्ठानको वार्षिक दिवसको अवसर पारी आगामी फागुन महिनामा आयोजना गरिने कार्यक्रममा उक्त पुस्तकलाई सार्वजनिक गरिनेछ ।