शब्दयात्रा प्रकाशनले लघुकथाकार लता केसीलाई २०८२ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ समर्पण गर्ने भएको छ । उहाँका ‘चोटदेखि मृत्युसम्म’, ‘दृश्य’, ‘सफलता’, ‘पाहुर’ नामका लघुकथासङ्ग्रहहरू प्रकाशित छन् । पुरस्कार आगामी मङ्सिर महिनामा समर्पण गरिनेछ । यस पुरस्कारको कोष व्यवस्थापन साहित्यकार अम्बिका धितालले आफ्ना पितामाताको स्मृति र सम्मानमा गर्नुभएको हो ।