यही मङ्सिर महिनामा शब्दयात्रा प्रकाशनले लघुकथा विधाको पुरस्कार पहिलोपटक समर्पण गर्ने भएको छ । पुरस्कारको नाउँ ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ रहनेछ । यो पुरस्कार शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष समर्पण गर्ने गरी साहित्यकार अम्बिका धितालले आफ्ना पितामाताको स्मृति र सम्मानमा स्थापना गर्नुभएको हो ।