लेखक राप्रउ पोखरेल (रामजीप्रसाद उपाध्याय पोखरेल, बिजलपुरा, बर्दिबास, महोत्तरी) लाई ‘शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार, २०८१’ समर्पण गरिने भएको छ । यस पुरस्कारका लागि कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले कोषको व्यवस्था गरिदिएको छ । पुरस्कार आगामी साउन महिनामा समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा साहित्यकार राप्रउ पोखरेलप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।