शब्दयात्रा प्रकाशनले कवि मुरहरि रायमाझी ‘हरि’ (काभ्रेपलाञ्चोक) लाई ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति’ समर्पण गर्ने भएको छ । हरेक वर्ष समर्पण गर्ने गरिएको यो विद्वतवृत्ति २०८२ सालका लागि आगामी मङ्सिर महिनामा समर्पण गरिनेछ । उहाँको लेखनको विषयवस्तु ‘चन्द्रबहादुर खड्काका कृतिहरूको विवेचना’ रहेको छ । चन्द्रबहादुर खड्का लेखक, पूर्वप्रशासक तथा सुभाष स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष हुनुहुन्छ । यस विद्वतवृत्तिका लागि सुभाष स्मृति प्रतिष्ठानले शब्दयात्रा प्रकाशनमा कोषको व्यवस्था गरेको छ ।