विगत साढे चार दशकदेखि हालसम्म राष्ट्रिय स्तरका विभिन्न पत्रिकाहरूमा स्तम्भकारका रूपमा सक्रिय हुनुका साथै ‘साप्ताहिक नेपाली आवाज’ को सम्पादन–प्रकाशन तथा ‘चर्चा साप्ताहिक’ को सम्पादन गरेर लोकतान्त्रिक मूल्य–मान्यता, चिन्तन र पद्धतिका विषयमा पाठकलाई सुसूचित गराउन उल्लेख्य योगदान गर्नुभएकोमा बलदेव थापा (भक्तपुर) लाई ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान, २०८१’ समर्पण गरिएको छ । उहाँलाई पदम दाहालले माला, हरिगोपाल प्रधानले उपहार र भेटी, हरि मञ्जुश्रीले किरीट र चन्द्रबहादुर खड्काले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । कार्यक्रम हरि मञ्जुश्रीको सभापतित्व र बेलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा यही असोज ११ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको थियो । यस सम्मानको व्यवस्था पत्रकार तथा विश्वकीर्तिमानी गीतकार हरिगोपाल प्रधान (काठमाडौँ) ले आफ्ना पिताको स्मृति र सम्मानमा गर्नुभएको हो ।