शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’ स्तम्भकार तथा सम्पादक बलदेव थापा (भक्तपुर) लाई समर्पण गर्ने भएको छ । उहाँ विगत साढे चार दशकदेखि हालसम्म राष्ट्रिय स्तरका विभिन्न पत्रिकाहरूमा स्तम्भकारका रूपमा सक्रिय हुनुहुन्छ । उहाँले ‘साप्ताहिक नेपाली आवाज’ को सम्पादन–प्रकाशन पनि गर्नुभएको छ । उहाँलाई आगामी असोज महिनामा सम्मान समर्पण गरिनेछ । यस सम्मानको आर्थिक व्यवस्थापन आफ्ना पिता गोपाल प्रधानको स्मृति र सम्मानमा पत्रकार हरिगोपाल प्रधानले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा स्तम्भकार तथा सम्पादक बलदेव थापाप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।