साहित्यकार प्रोल्लास सिन्धुलीय (सिन्धुली) लाई ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार, २०८१’ समर्पण गरिने भएको छ । यस पुरस्कारका लागि विभिन्न महानुभावहरूको सहयोग लिएर शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गरिएको छ । पुरस्कार आगामी साउन महिनामा समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा कवि प्रोल्लास सिन्धुलीयप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।