शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान समालोचना सम्मान’ समालोचक प्रा. डा. उषा ठाकुर (काठमाडौँ) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । लामो समयसम्म प्राध्यापन गर्ने क्रममा उहाँले नेपाली र हिन्दी दुवै भाषामा आधा दर्जन समालोचनात्मक कृतिहरू नेपाली वाङ्मयमा प्रस्तुत गर्नुभएको छ । उहाँजस्ती साधिकामा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन पत्रकार हरिगोपाल प्रधान (काठमाडौँ) ले गर्नुभएको हो । सम्मान आगामी चैत महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा प्रा. डा. उषा ठाकुरप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।