शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान’ फोटो पत्रकार प्रदीपराज वन्त (गोरखा) लाई समर्पण गर्ने भएको छ । उहाँ राष्ट्रिय समाचार समितिका वरिष्ठ फोटो पत्रकार हुनुहुन्छ । सिजन मिडियासँग आबद्ध उहाँ राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष तथा फोटोग्राफी प्रशिक्षक पनि हुनुहुन्छ । उहाँलाई आगामी असोज महिनामा सम्मान समर्पण गरिनेछ । यस सम्मानको आर्थिक व्यवस्थापन आफ्नी आमा रत्नदेवी प्रधानको स्मृति र सम्मानमा अग्रज फोटो पत्रकार हरिगोपाल प्रधानले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा फोटो पत्रकार प्रदीपराज पन्तप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।