शब्दयात्रा प्रकाशनले हालै घोषणा गरेका दशवटा पुरस्कारहरू हुतात्मा दिवसका दिन माघ १६ गते समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिने समारोहमा त्यस दिन डा. प्रकाशराज रेग्मीलाई ललितपुर प्रतिभा पुरस्कार, नन्दकृष्ण जोशीलाई देउडा पुरस्कार, डा. दीपक मल्ललाई चिकित्सा पुरस्कार, रमेशमोहन अधिकारीलाई रौतहट प्रतिभा पुरस्कार, दिल पौडेललाई सिन्धुली प्रतिभा पुरस्कार, योगिनी सरितानन्दीलाई राष्ट्रिय योगप्रतिभा पुरस्कार, गोविन्द शर्मालाई काभ्रेपलाञ्चोक उद्यमशीलता पुरस्कार, ज्ञानेन्द्रनाथ न्यौपानेलाई रसुवा प्रतिभा पुरस्कार, राजकीय संस्कृत माध्यमिक विद्यालय गुरुकुललाई महोत्तरी प्रतिभा पुरस्कार र नमुना बालगृहलाई दूरदर्शी नेतृत्व पुरस्कार समर्पण गरिनेछ । कार्यक्रम दिउँसो १२ः३० बजे शुरु गरिनेछ ।