शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा रुद्रलाल शर्मा हास्यव्यङ्ग्य सम्मान’ हास्यव्यङ्ग्यकार नरनाथ लुइटेल (भोजपुर) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । उहाँ ‘सिस्नुपानी नेपाल’ नामक संस्थाका संस्थापकमध्येका एक तथा हास्यव्यङ्ग्य पत्रिका ‘फित्कौली डटकम’ का सञ्चालक–सम्पादक हुनुहुन्छ । उहाँले हास्यव्यङ्ग्य विधाका विभिन्न कृतिहरूको लेखन तथा नेपालको हास्यव्यङ्ग्य साहित्यसम्बन्धी अनुसन्धान गर्नुभएको छ । उहाँजस्ता साधकमा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन हास्यव्यङ्ग्यकार शारदाप्रसाद शर्मा (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान आगामी चैत महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा नरनाथ लुइटेलप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।