शब्दयात्रा प्रकाशनले हाल ६८ जना बालबालिका रहेको नमुना बालगृह (उर्लाबारी, मोरङ) लाई २०८२ सालको ‘शब्दयात्रा हरि मञ्जुश्री दूरदर्शी नेतृत्व पुरस्कार’ समर्पण गर्ने भएको छ । पुरस्कारमा पन्ध्र हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । यस पुरस्कारका लागि सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले कोषको व्यवस्था गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।