शब्दयात्रा प्रकाशनले लेखक दामोदर घिमिरे (खोटाङ, हाल काभ्रेपलाञ्चोक) लाई ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ समर्पण गर्ने भएको छ । हरेक वर्ष समर्पण गर्ने गरिएको यो विद्वतवृत्ति २०८२ सालका लागि आगामी मङ्सिर महिनामा समर्पण गरिनेछ । उहाँको लेखनको विषयवस्तु ‘नीलकण्ठेश्वर धामको इतिवृत्त’ रहेको छ । नीलकण्ठेश्वर धाम काभ्रेपलाञ्चोक जिल्लामा शब्दयात्रा प्रकाशनसँगै रहेको तीर्थस्थल हो । आफ्ना दिदी–भिनाजु राधा विष्ट र प्रह्लाद केसीको स्मृति र सम्मानस्वरूप विदुर विष्टले यस विद्वतवृत्तिका लागि शब्दयात्रा प्रकाशनमा कोषको व्यवस्था गर्नुभएको छ ।