शब्दयात्रा प्रकाशनले दण्डपाणि अधिकारी (भोजपुर, हाल भक्तपुर) लाई ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति’ समर्पण गर्ने भएको छ । हरेक वर्ष समर्पण गर्ने गरिएको यो विद्वतवृत्ति २०८२ सालका लागि आगामी मङ्सिर महिनामा समर्पण गरिनेछ । उहाँको लेखनको विषयवस्तु ‘षडानन्द बहुमुखी क्याम्पसको इतिहास’ रहेको छ । षडानन्द बहुमुखी क्याम्पस भोजपुर जिल्लाको दिङ्लामा स्थापित शैक्षिक संस्था हो । शिक्षासेवी प्रा. केदारनाथ श्रेष्ठले यस विद्वतवृत्तिका लागि शब्दयात्रा प्रकाशनमा कोषको व्यवस्था गर्नुभएको छ ।