नेपाली साहित्यको समालोचना विधामा गर्नुभएको विशिष्ट योगदानका लागि समालोचक डा. नारायणप्रसाद खनाल (प्युठान) लाई शब्दयात्रा प्रकाशनले २०८२ सालको समालोचना सम्मान समर्पण गर्ने भएको छ । यस सम्मानका लागि गीतकार हरिगोपाल प्रधानले कोषको व्यवस्था गर्नुभएको हो । सम्मान यही चैत महिनामा शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिने समारोहमा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन परिवार समालोचक डा. नारायणप्रसाद खनालप्रति हार्दिक आभार व्यक्त गर्दछ ।