शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा जयदेव अधिकारी अनुसन्धान सम्मान’ अनुसन्धाता डा. दुर्गाबहादुर घर्ती (सुर्खेत) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान समर्पण गर्ने निर्णय गरेको हो । अनुसन्धान पद्धतिको प्रयोग गरेर लेखिएका उहाँका अनुसन्धानात्मक कृतिहरू पौने दर्जन सङ्ख्यामा प्रकाशित छन् । उहाँजस्ता साधकमा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन शिक्षासेवी राजेन्द्र विरही (मोरङ) ले गर्नुभएको हो । सम्मान आगामी चैत महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा डा. दुर्गाबहादुर घर्तीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।