शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मान’ विदुषी डा. कान्ता भट्टराई (खोटाङ) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । उहाँ आध्यात्मिक क्षेत्रकी विदुषी तथा प्रवाचिका हुनुहुन्छ । नेपाली समाजमा नैतिक चेतना, मानवीय कर्तव्यबोध र आध्यात्मिकताको जागरण गराउने खालका विभिन्न लेखहरू लेखी उहाँले प्रकाशन गराउनुभएको छ । उहाँजस्ती साधिकामा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन आध्यात्मिक लेखक कृष्णहरि मैनाली (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान आगामी चैत महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा डा. कान्ता भट्टराईप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।