शब्दयात्रा प्रकाशनले यही चैत १४ गते शनिबार सम्मान समर्पण समारोहको आयोजना गर्ने भएको छ । समारोहमा डा. हेमाङ्गराज अधिकारी (भोजपुर), रामबाबु सुवेदी (कास्की), डा. नारायणप्रसाद खनाल (प्युठान), चन्द्रप्रसाद न्यौपाने (सिन्धुपाल्चोक), शैलेन्द्र सिम्खडा (धादिङ), लालबहादुर भुजेल (लमजुङ) र साहित्यिक पत्रिका ‘वनिता’ (मोरङ) लाई सम्मान समर्पण गरिनेछ । उक्त कार्यक्रममा एउटा आध्यात्मिक गान र एउटा पुस्तक सार्वजनिक पनि गरिनेछ । कार्यक्रम बनेपामा अवस्थित शब्दयात्रा प्रकाशनको सभाकक्षमा दिउँसो १२ः३० बजे प्रारम्भ गरिनेछ ।