शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ अमर अखण्ड हरिनाम सङ्कीर्तन मण्डल (‘अमर निवास’, काभ्रेपलाञ्चोक) लाई समर्पण गर्ने भएको छ । कविप्रसाद गौतमद्वारा छ दशकअघि स्थापित यस संस्थाले चन्द्रमणि सिग्देलको नेतृत्वमा अखण्ड हरिनाम सङ्कीर्तन अघि बढाउनुका अतिरिक्त मानव कल्याणका लागि विभिन्न आध्यात्मिक गतिविधिहरू सञ्चालन गरिरहेको छ । उक्त संस्थालाई आगामी असोज महिनामा सम्मान समर्पण गरिनेछ । यस सम्मानको आर्थिक व्यवस्थापन नीलकण्ठेश्वर धाम संरक्षण समितिका लागि शब्दयात्रा प्रकाशनले गरेको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा अमर अखण्ड हरिनाम सङ्कीर्तन मण्डलका लागि वासुदेव काफ्लेप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।