अक्षरसेवी सहयोग कोष
आकस्मिक दुर्घटना र दैवी विपत्तिमा परेका नेपाली लेखक–पत्रकारहरूलाई आर्थिक सहयोग गर्नका लागि २०७१ वैशाख २ गतेदेखि यस संस्थाद्वारा अक्षरसेवी सहयोग कोषको स्थापना गरिएको छ । संस्थागत र व्यक्तिगत रकम उठाई प्रारम्भ गरिएको सो कोषबाट लेखक–पत्रकारहरूलाई आर्थिक सहयोग उपलब्ध गराइरहन त्यसको कार्यविधिसमेत बनाइएको छ । संस्थापक अध्यक्ष हरि मञ्जुश्री र गीता मञ्जुश्रीको २५ औँ विवाहोत्सवको अवसर पारी यो कोषको प्रारम्भ गरिएको हो । यसको समुद्घाटन कोषको बाकसमा गीता मञ्जुश्रीले १ हजार रुपियाँ राखी गर्नुभएको सथियो ।
शब्दयात्रा प्रकाशनको पुस्तक सार्वजनिकीकरण एवं सम्मान समर्पण जस्ता कार्यक्रमहरू उक्त कोषको बाकस लगिने र सो कार्यक्रममा उपस्थित व्यक्तिहरूलाई संस्थाका तर्फबाट सोही दिन सार्वजनिक गरिएको पुस्तक निस्शुल्क वितरण गरेपछि व्यक्तिहरूको स्वेच्छाले उक्त सहयोग कोषमा रकम जम्मा गरिदिने अभियानसमेत चलाइएको छ । विभिन्न महानुभावहरूले यस कोषका यथाशक्य रकम सहयोग गर्ने गर्नुभएको छ । कुनै लेखक वा पत्रकार बिरामी परेर, दुर्घटनामा परेर, भूकम्प र बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपमा परेर एवं विभिन्न प्रकारका दैवी विपत्तिमा परेर आर्थिक सङ्कट पर्दा यो कोषबाट यस संस्थाद्वारा उचित आर्थिक सहयोग गरिनेछ ।
यस कोषका लागि हालसम्म निम्न बमोजिमको अक्षयकोषको व्यवस्था गरिएको छ भने निम्न व्यक्तिहरूलाई हालसम्म निम्न बमोजिम आर्थिक सहयोग गरिएको छ ।
शब्दयात्रा प्रकाशन अक्षरसेवी सहयोग कोषबाट आर्थिक सहयोग गरिका व्यक्तिहरू :
१. बुद्धिकृष्ण लामिछाने – १०,०००।–
२. वि.के पाल्पाली – ६,०००।–
३. दण्डपाणि उपाध्याय – १०,०००।–
४. तीलक लुइटेल – १०,०००।–
५. कल्पना अधिकारी – १०,०००।–