शब्दसञ्चार

नेपालका प्रबुद्ध व्यक्तिहरुको चिन्तन, भाषा–साहित्यका क्षेत्रमा भएका नवीनतम उपलब्धि, सकारात्मक रूपान्तरणका लागि भएका प्रयास र प्राज्ञिक गतिविधिहरु समेटेर शब्दयात्रा प्रकाशनले २०७१ माघदेखि रेडियो एबीसी एफएम ८९.८ मेगाहर्जमा हरेक महिनाको पहिलो र तेस्रो बुधबार ‘शब्दसञ्चार’ नामक रेडियो कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रमका सञ्चालक शिव बन्जारा हुनुहुन्छ । ‘शब्दसञ्चार’ कार्यक्रम सााझ ७ देखि ७:३० बजेसम्म प्रसारण हुने गर्दछ । ‘शब्दसञ्चार’ कार्यक्रम हालसम्म निरन्तर सञ्चालन भइरहेको छ । यसमा विभिन्न व्यक्तित्वहरुसागको अन्तर्वार्ता, कविता, शब्दयात्रा प्रकाशनसाग सम्बन्धित समाचार, व्यक्तित्व परिचय, पुस्तक परिचय आदि प्रस्तुत गर्ने गरिन्छ । हालसम्म डा. सुरेशराज शर्मा, मुकुन्दप्रसाद उपाध्याय, भरतराज महत, ओतबहादुर खड्का, कविप्रसाद प्याकुर्‍याल, उद्धवप्रसाद नेपाल, विकासराज खरेल, मुरहरि रायमाझि, रमेश पौड्याल, सकुल थापा, हरि मञ्जुश्री आदिका अन्तर्वार्ताहरू प्रसारण भएका छन् । शब्दयात्रा प्रकाशनसाग सम्बन्धीत व्यक्तिहरु भवानी पाण्डे, शारदाप्रसाद शर्मा, पुण्यवती घले, गीता अधिकारी, रोशन अधिकारी, दामोदर घिमिरे आदिका कविताहरू पनि प्रसारण भएका छन् । शब्दसञ्चारमा डा. सुरेशराज शर्मा, हरि मञ्जुश्री, मुकुन्दप्रसाद उपाध्याय, जगन्नाथ गिरी आदि व्यक्तित्वहरूका लेखहरू पनि प्रसारण भएका छन् ।
भाषा–साहित्य, कला–संस्कृति, शिक्षा, पत्रकारिता र अध्यात्ममा रूचि राख्ने हरेक व्यक्तिका लागि उपयुक्त कार्यक्रम ‘शब्दसञ्चार’ www.radioabc.com.np बाट विश्वका कुनै पनि मुलुकमा सुन्न सकिनेछ ।

पोष चापागाईंको ‘लोवाक कफी’ को सार्वजनिकीकरण

शब्दसञ्चार: डा० सुरेशराज शर्मासंगको अन्तवार्ता