शब्दयात्रा प्रकाशनको परिचय

परिचय
नेपालमा उच्चस्तरको अनुसन्धान केन्द्र भएको प्रकाशन संस्था आवश्यक देखिएकाले सम्पूर्ण वाङ्मय क्षेत्र र वाङ्मयसेवीहरूलाई समेट्ने गरी प्रारम्भिक तहमा हरि मञ्जुश्रीको अध्यक्षतामा सकुल थापा र रमेश पौडेल सदस्य भएको ‘शब्दयात्रा प्रकाशन’ नामक साझेदारी फर्म २०६८ सालमा दर्ता गरिएको थियो । यस संस्थाले संस्थापनकालदेखि नै अनुसन्धान, पुस्तक–प्रकाशन, वर्षको तीनपटक समर्पण गर्ने गरी सत्र विधाका सम्मानको स्थापना र समर्पणलगायतका कार्यहरू गर्दै आयो । २०६९ फागुन १५ गते ‘नेपालभूमि साप्ताहिक’ को प्रकाशन स्वामित्व यस संस्थामा हस्तान्तरण गरिएपछि उक्त पत्रिका निष्पक्ष, स्वतन्त्र र सकारात्मक चिन्तन प्रवाह गर्ने विचारप्रधान साप्ताहिक पत्रिकाका रूपमा हरेक मङ्गलबार प्रकाशित हुन थाल्यो र ‘अक्षरधाम’ नामको साहित्यिक मासिक पत्रिकाको व्यवस्थापन पनि गर्न थाल्यो । समुदायको वृहत् सहभागिता रहने गरी नमुना सामुदायिक संस्थाका रूपमा यस संस्थालाई विकसित तुल्याउन २०७० फागुन १३ गते मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा यो संस्था कम्पनी रजिस्ट्रारको कार्यालयमा हरि मञ्जुश्री अध्यक्ष एवं सकुल थापा, सुमन खड्का, हरिगोपाल प्रधान र श्यामकृष्ण लम्साल संरक्षण समितिमा रहने गरी दर्ता गराइयो । तत्पश्चात् उल्लिखित कार्यक्रमहरूलाई निरन्तरता दिँदै थप कार्यका रूपमा प्राकृतिक विपत्तिमा परेका अक्षरसेवीहरूलाई आर्थिक सहयोग गर्न २०७१ वैशाख २ गतेदेखि अक्षरसेवी सहयोग कोषको स्थापना र सञ्चालन गर्न थालियो ।
यसरी यो संस्था समुदायको आकर्षण र सहभागिता एवं विशिष्ट व्यक्तिहरूको सहयोग, शुभेच्छा र मार्गदर्शनबाट दीर्घकालीन लक्ष्य प्राप्त गर्न सक्रियताका साथ अघि बढिरहेको छ ।

दूरदृष्टि
नेपालको वाङ्मय क्षेत्र तथा वाङ्मयसेवीहरूको वृहत्तर हितका लागि संस्थागत रूपबाट विविध कार्यहरू गर्दै वाङ्मय क्षेत्रका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने जनशक्ति तयार पार्ने ।

दीर्घकालीन लक्ष्य
१. विभिन्न विधामा उच्च योगदान गरेका राष्ट्रिय व्यक्तित्वहरूका हरेक पक्षमा अध्ययन–अनुसन्धान गराउन अनुसन्धान केन्द्रको स्थापना गरी त्यसअन्तर्गत पुस्तकालय, सङ्ग्रहालय तथा आवासको व्यवस्था गर्ने ।
२. विभिन्न प्रकाशन तथा सञ्चार–माध्यममार्फत् नेपालभित्रका हरेक नेपाली र नेपालबाहिरका हरेक नेपालीभाषीको बौद्धिक स्तरमा अभिवृद्धि गराउन सकारात्मक चिन्तन प्रवाह गर्ने ।
३. साहित्यकार र आम पाठकलाई साहित्यिक संस्थासँग आबद्ध गराउँदै नेपाली साहित्यलाई विश्वबजारसित जोड्ने ।
४. प्रकाशन संस्थालाई सामाजिक, बौद्धिक र आर्थिक पक्षबाट बलियो बनाउँदै स्तरीय पुस्तकहरूको लेखन र प्रकाशनसम्बन्धी कार्यलाई राजधानीबाहिर पनि व्यापक बनाउँदै जाने ।
५. वाङ्मयसेवीहरूको सम्मान, नयाँ र पुराना वाङ्मयसेवीहरूबीच समन्वय एवं वाङ्मयसेवीहरूका लागि कल्याणकोषको स्थापना र सञ्चालन गर्ने ।

उद्देश्य
समुदायमा आधारित रहेर समुदायकै सहयोगमा निष्पक्ष र स्वतन्त्र प्रकाशन संस्थाका रूपमा समुदायको वृहत्तर हितका लागि समर्पित रहने ।

संरक्षण समिति

हरि मञ्जुश्री

जन्ममिति : २०१६।६।५
जन्मस्थान : दिङ्ला, भोजपुर
बसोबास : अक्षरधाम, बनेपा — १०, काभ्रे
लिखित कृति : २७ वटा
सम्पादित कृति : ७१ वटा
अनूदित कृति : १ वटा
पेसा : नेपाली भाषासेवा
शिक्षा : स्नातक
संस्थागत क्षेत्र : शब्दयात्रा प्रकाशन संरक्षण समितिको अध्यक्ष, ‘अक्षरधाम’ साहित्यिक पत्रिकाको प्रधानसम्पादक, ‘नेपालभूमि साप्ताहिक’ को सल्लाहकार
दूरभाषाङ्क : ०११–६६२९६२, ९७४१०६२१९०

हरिगोपाल प्रधान

जन्ममिति : २०११।५।१६
जन्मस्थान : विशालनगर, काठमाडौा
बसोबास : विशालनगर, काठमाडौ
लिखित कृति : (क) परेली, (ख) गङ्गा
सम्पादित कृति : मन्थन (साप्ताहिक) लगायत अन्य पत्रपत्रिका
पेसा : पर्यटन व्यवसाय
शिक्षा : एमए (राजनीतिशास्त्र)
संस्थागत क्षेत्र : शब्दयात्रा प्रकाशन संरक्षण समितिको सदस्य
दूरभाषाङ्क : ०१–४४१६९९९, ९८५१०३१८८८

सकुल थापा

जन्ममिति : २०२०।६।२७
जन्मस्थान : उग्रतारा — ७, धनेश्वर, काभ्रे
बसोबास : उग्रतारा — ७, धनेश्वर, काभ्रे
लिखित कृति : हाम्रो देश त्यस्तो नहोस्
पेसा : यातायात व्यवसाय
शिक्षा : साधारण
संस्थागत क्षेत्र : शब्दयात्रा प्रकाशन संरक्षण समितिको सदस्य, ‘अक्षरधाम’ साहित्यिक पत्रिकाको कार्यकारी सम्पादक
दूरभाषाङ्क : ०११–६६४७२८, ९८५१०७८०४४

सुमन खड्का

जन्ममिति : २०४०।१०।२९
जन्मस्थान : उग्रतारा जनागाल — १, काभ्रे
बसोबास : उग्रतारा जनागाल — १, काभ्रे
लिखित कृति : विभिन्न पत्रिका तथा पुस्तकहरूमा फुटकर लेखहरू
पेसा : व्यापार / शिक्षा : स्नातकोत्तर (समाजशास्त्र)
संस्थागत क्षेत्र : शब्दयात्रा प्रकाशन संरक्षण समितिको सदस्य र ‘नेपालभूमि साप्ताहिक’ को सम्पादक दूरभाषाङ्क : ९७५१०६३९७१, ०११–६६३९७१

प्रशासन शाखा

शारदा शर्मा

प्रबन्धक

दीपक तिमिल्सिना

जन्ममिति : २०५५।११।१२
जन्मस्थान : च्याम्राङबोसी — ८, काभ्रे
बसोबास : बनेपा, काभ्रे
पेसा : नोकरी, Graphic Designer at Shabdayatra Prakashan
शिक्षा : आईएड अध्ययनरत
संस्थागत क्षेत्र : नेपालभूमि साप्ताहिक
दूरभाषाङ्क : ९७४१२५७९४८

नारी स्रष्टा समाज

भवानी पाण्डे

जन्म : वि.स २०३०/१०/१४
जन्मस्थान : तिमाल, ठूलो पर्सेल गा.वि.स २, काभ्रे ।
बसोबास : बनेपा, काभ्रे
शिक्षा : एम.एड. नेपाली
पेशा : शिक्षक
कार्यगत क्षेत्र : सचिव, नारी स्रष्टा समाज काभ्रे
दूरभाषाङ्क : ९८४९९१५८५०
कृति : ‘थरीथरी फूल’ बालकविता सङ्ग्रह, ‘प्रकृति नै गुरू’ बालकविता सङ्ग्रह, अन्य पत्रपत्रिकामा विभिन्न लेख रचना प्रकाशित ।

गीता मञ्जुश्री

कोषाध्यक्ष

पत्रकार समाज

रामचन्द्र हुमागाई

जन्मस्थान : कुशादेवी – ५, काभ्रे
जन्ममिति : मङ्गलबार, ५ असार २०१०
बसोबास : घटेकुलो, काठमाडौं
शिक्षा : स्नातक , राजनीतिशास्त्र
पेसा : पत्रकारिता (नेपालभूमि साप्ताहिक)
लिखित कृति : समयको अभिलेख, जापानमा अलमलिादा
सम्पादित कृति :
संस्थागत क्षेत्र : सभापति, शब्दयात्रा पत्रकार समाज, काठमाडौं जेभियर्स पब्लिक स्कुल, जनसाास्कृतिक महासङ्घ, प्रगतिशील लेखक संघ ।
दूरभाषाङ्क : ९८४१३७२७०७

शिवप्रसाद बञ्जारा

जन्मस्थान : कुशादेवी – १, काभ्रे
जन्म मिति : २०२३/२/२९
बसोबास : बनेपा, काभ्रे
शिक्षा : स्नातक
पेसा : शिक्षण, रेडियोकर्मि, समाचारवाचक एवं कार्यक्रम उत्पादक तथा
प्रस्तोता
कार्यगत क्षेत्र : सदस्य – शब्दयात्रा पत्रकार समाज
दूरभाषाङ्क : ९८४१८०५२३६
लिखित कृति : स्थानीय पत्रिकाहरूमा शैक्षिक तथा अन्य विधाका रचनाहरु प्रकाशित
सम्मान–पुरस्कार : विभिन्न संघसंस्थाहरुबाट सम्मानित

श्रीराम पौडेल ‘उदासी’

जन्मस्थान : लामाटार – १,सिस्नेरी, ललितपुर
जन्ममिति : २०२० माघ २७ गते
बसोबास : लामाटार – १,सिस्नेरी, ललितपुर
शिक्षा : साहित्य मध्यमासम्म
पेसा : समाज सेवा एवं , स्वतन्त्र लेखन
लिखित कृति : मन हराएको सुचना, सपना – सुन्दरी, केही शब्द केही मर्म ।
सम्पादित कृति : धरणीधर कोइरालाका अमर वाणी सुक्ति संग्रह, समाजसेवी सगुन शाह जीवनी र व्यक्तित्व, इन्दिश परिक्रमा ।
संस्थागत क्षेत्र : नेपाल मानव अधिकार संगठन,स्वतन्त्र विचार मञ्च, जनरल सुवर्ण स्मृति प्रतिष्ठान, सदस्य, शब्दयात्रा पत्रकार समाज
दूरभाषाङ्क : ०१६२२०६४०१, ९८०८७३४१४८

लेखक समाज

ओतबहादुर खड्का

जन्मस्थान : का.प. पनौती दलिन्चोक
जन्ममिति : १९९४ साल माघ
बसोबास : पनौती न.पा वडा न.ं ११
शिक्षा : नेपाली माध्यम
पेसा : कृषि, हाल राष्ट्र सेवा निवृत
लिखित कृति : गर्गसंहिताको गोलोकखण्ड, निति र रीति, बौद्धिक धर्म र आर्य समाज, जीव र ईश्वरको दिग्दर्शन ।
सम्पादित कृति :
संस्थागत क्षेत्र : सदस्य, शब्दयात्रा लेखक समाज
दूरभाषाङ्क : ९८४१४१६५६४

कृष्णप्रसाद पौडेल

जन्मस्थान : ल.पु लामाटार महालक्ष्मी न.पा.२
जन्ममिति : २००० साल जेठ
बसोबास : हाल गैरिगाउा तीनकुने सिनामङ्गल, काठमाडौं
शिक्षा : एम.ए. (राजनितिशास्त्र)
पेसा : साहित्य सेवा कार्य ।
लिखित कृति : प्रयास
सम्पादित कृति :
संस्थागत क्षेत्र : सदस्य,शब्दयात्रा लेखक समाज
दूरभाषाङ्क : ९८४१३७७९९१

टेकलाल भारती ‘आदर्श’

जन्मस्थान : दुवाचौर– ५ सि.पा.
जन्ममिति : वि.स २०४७/२/१३
बसोबास : बनेपा, काभ्रे ।
शिक्षा : दश जोड दुई
पेसा : होटल मजदुर
लिखित कृति : हराएको भाले, मिहिनेतको रमझम, धर्तीमाताको आासु
सम्पादित कृति :
संस्थागत क्षेत्र : कोषाध्यक्ष, शब्दयात्रा लेखक समाज
दूरभाषाङ्क : ९८६०४३१७५४

डा. श्याम भटराई

जन्मस्थान : ओखलढुङगा गम्नाङ
जन्ममिति : २०१८ जेठ २३
बसोबास : उग्रतारा – ४ जनागाल काभ्रे
शिक्षा : एमए. एमएड. पीएचडी
पेसा : प्राध्यापन
लिखित कृति : तपाई कति भयभीत हुनुहुन्छ ?, बाबु र छोरा, आदर्श भित्र भागराज, सगां एक्काइसौा शताब्दीमा मान्छे, बन्दकोठाको यौवन, अचम्मको थैलो, आाखा रै छ बल्छी तिम्रो, कल्पवृक्ष
सम्पादित कृति : लालित्य (सार्क विशेषाङ्क), गोरेटो रुपन्दन साहित्यिक पत्र / साहित्य सञ्चारको लागि हवाई आन्दोलन
संस्थागत क्षेत्र : सभापति, शब्दयात्रा लेखक समाज
दूरभाषाङ्क : ९७४१२१६६५५, ०११६६३४६६

उद्धवप्रसाद नेपाल

जन्मस्थान : ढुङ्खर्क गा.वि.स वडा नं. २ काभ्रे ।
जन्ममिति : २०१९ चैत १ गते बुधवार
बसोबास : बनेपा न.पा वडा नं. ३ काभ्रे
शिक्षा : साक्षर
पेसा : व्यापार खाद्यान्न थोक विक्रेता ।
लिखित कृति : अध्यात्म ज्ञानसागर, हिन्दुधर्मका केहि आयाम, बीपी कोइराला र प्रजातान्त्रिक समाजवाद
सम्पादित कृति :
संस्थागत क्षेत्र : सचिव, शब्दयात्रा लेखक समाज ।
दूरभाषाङ्क : ९८४१३७९७६०२

सम्मान व्यवस्थापक समाज

रमेश पौड्याल

कविप्रसाद प्याकुर्‍याल

जन्मस्थान : पात्लेखेत फुलबारी, काभ्रे
जन्ममिति : ३१ श्रावण २०१३
बसोबास : काठमाडौा, कपन
शिक्षा : एस.एल.सी.
पेसा :
लिखित कृति : हेलम्बु, भरतेन्दु, बेलप्रसाद, तिमीलाई नमोनम:, अपरोक्ष अनुभुति, बन्दे नेपाल मातरम्, मधुत्रयी
सम्पादित कृति :
संस्थागत क्षेत्र : सदस्य, शब्दयात्रा लेखक समाज
दूरभाषाङ्क : ९८४११९६६६७

सुनील सापकोटा