अक्षरसेवी सहयोग कोष

आकस्मिक दुर्घटना र दैवी विपत्तिमा परेका नेपाली लेखक–पत्रकारहरूलाई आर्थिक सहयोग गर्नका लागि २०७१ वैशाख २ गतेदेखि यस संस्थाद्वारा अक्षरसेवी सहयोग कोषको स्थापना गरिएको छ । संस्थागत र व्यक्तिगत रकम उठाई प्रारम्भ गरिएको सो कोषबाट लेखक–पत्रकारहरूलाई आर्थिक सहयोग उपलब्ध गराइरहन त्यसको कार्यविधिसमेत बनाइएको छ ।
शब्दयात्रा प्रकाशनको पुस्तक सार्वजनिकीकरण एवं सम्मान समर्पण जस्ता कार्यक्रमहरू उक्त कोषको बाकस लगिने र सो कार्यक्रममा उपस्थित व्यक्तिहरूलाई संस्थाका तर्फबाट सोही दिन सार्वजनिक गरिएको पुस्तक नि:शुल्क वितरण गरेपछि व्यक्तिहरूको स्वेच्छाले उक्त सहयोग कोषमा रकम जम्मा गरिदिने अभियानसमेत चलाइएको छ । अक्षरसेवी सहयोग कोषको बाकसमा ताल्चा लगाई त्यसको सााचो रोसी वाङ्मय प्रतिष्ठान, रेडियो एबीसी एफएम र शब्दयात्रा प्रकाशनका प्रतिनिधि गरी तीनजनालाई हस्तान्तरण गरेर तीनैजनाको संयुक्त रोहबरमा ताल्चा खोलेर मुचुल्का उठाइने र त्यहा जम्मा भएको रकम झिकी बैङ्कमा राखिने व्यवस्था मिलाइएको छ । कुनै लेखक वा पत्रकार बिरामी परेर, दुर्घटनामा परेर, भूकम्प र बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपमा परेर एवं विभिन्न प्रकारका दैवी विपत्तिमा परेर आर्थिक सङ्कट पर्दा यो कोषबाट यस संस्थाद्वारा उचित आर्थिक सहयोग गरिनेछ ।