About Me

हरि मञ्जुश्रीको व्यक्तिगत विवरण

चल्तीको नाम : हरि मञ्जुश्री
कानुनी नाम : हरिकुमार अधिकारी
जन्ममिति : ५ असोज २०१६ वि. सं. (२१ सेप्टेम्बर १९५९ सन्)
जन्मस्थान : केउरेनीपानी गाविस — २, दिङ्ला, भोजपुर
बसोवास : अक्षरधाम, गौतममार्ग, बनेपा नगरपालिका — १०, काभ्रे
पितामाता : दुर्गाप्रसाद अधिकारी र युगला अधिकारी
परिवार : श्रीमती (गीता), छोरी (रश्मि) र छोरा (रोशन)
संलग्नता : अध्यक्ष, शब्दयात्रा प्रकाशन
सञ्चार संयोजक, काठमाडौा विश्वविद्यालय
अन्य अनुभव : क) शिक्षण, ख) कम्प्युटर–सञ्चालन, ग) भाषिक शुद्धीकरण, घ) कार्यक्रम–सञ्चालन,
ङ) पत्रकारिता, च) स्तम्भलेखन, छ) छन्द–प्रशिक्षण, ज) छापाखाना–सञ्चालन
भ्रमण : नेपाल र भारत

लिखित कृतिहरू :
क्रम विधा पुस्तकसङ्ख्या
(क) कथासङ्ग्रह ४
(ख) उपन्यास १
(ग) कविता–काव्य ५
(घ) भाषा–व्याकरण २
(ङ) निबन्धसङ्ग्रह ८
(च) अनुसन्धान ५
(छ) जीवनी १
(ज) विविध (ह्यान्डबुक) १
जम्मा २७ वटा
सम्पादित कृतिहरू :
क्रम विधा पुस्तकसङ्ख्या
(क) स्मृतिग्रन्थ १९
(ख) अभिनन्दनग्रन्थ ११
(ग) कविता–काव्य र गीत १३
(घ) अन्तर्वार्ता ३
(ङ) लेख–समालोचना ८
(च) कथा १
(छ) धर्म–संस्कृति ६
(ज) व्यक्तिवृत्त ४
(झ) अनुसन्धान ४
(ञ) संस्मरण ३
(ट) उपन्यास १
जम्मा ७३ वटा
अनूदित कृति :
(क) श्री साईयन्त्र तथा तन्त्र १
लिखित, सम्पादित तथा अनूदित गरी कूल पुस्तक १०१ वटा

सल्लाहकार : नेपालभूमि (विचारप्रधान राष्ट्रिय साप्ताहिक)
प्रधानसम्पादक : अक्षरधाम (साहित्यिक मासिक)
सम्पादित पत्रिकाहरू : (क) विशेषाङ्कहरू : २ (ख) स्मारिका तथा मुखपत्रहरू : १२ (ग) साहित्यिक पत्रिकाहरू : ५
(घ) साप्ताहिक पत्रिकाहरू : ३ (ङ) मासिक पत्रिकाहरू : ६

लिखित तथा प्रसारित टेलिचलचित्र : मास्टरजीको सपना

लिखित तथा प्रसारित रेडियो नाटक : (क) शीर्षक के राख्ने ?, (ख) कुसङ्गत, (ग) नायिकाको खोजी

असङ्ग्रहित तर फुटकर रूपमा प्रकाशित रचनाहरू : करिब १५०० वटा

आबद्ध संस्थाहरू :
१. शब्दयात्रा प्रकाशन (बनेपा, काभ्रे) : संस्थापक अध्यक्ष
२. कुलचन्द्र कोइराला स्मृतिप्रतिष्ठान (बानेश्वर, काठमाडौा) : संस्थापक सचिव
३. वाणी प्रकाशन (विराटनगर, मोरङ) : संस्थापक सदस्य
४. कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठी (पुलचोक, ललितपुर) : संस्थापक सदस्य
५. सुभाष स्मृति प्रतिष्ठान (बानेश्वर, काठमाडौा) : कार्यसमिति सदस्य
(यीबाहेक दुई दर्जनजति साहित्यिक र सामाजिक संस्थाहरू)

संस्थापना :
१. आफ्ना पुर्खाको नाउामा ‘नन्दिकेश्वर अधिकारी शोध सम्मान’
२. आफ्ना ससुरा हरिप्रसाद तिवारीको स्मृतिमा ‘वाणी पुस्तकालय’

अन्य योगदान :
१. नयाा प्रतिभालाई प्रोत्साहन र पुराना प्रतिभालाई सम्मान गर्ने गरेको
२. सामाजिक, सांस्कृतिक र धार्मिक कार्यहरूमा सक्रिय रहेको
३. विभिन्न विद्यालय र संस्थाहरूको छन्द प्रशिक्षण शिविरमा छन्दसम्बन्धी प्रशिक्षण दिने गरेको
४. नेपालमै पहिलोपटक एकल पुस्तक प्रदर्शनी गरेको
५. अरूका करिब २०० पुस्तकमा मन्तव्य र प्रकाशकीय लेखेको तथा पुस्तक–पत्रिकाको प्रकाशनमा सघाएको

विशेष :
स्थापनाकालदेखि हालसम्म शब्दयात्रा प्रकाशनको नेतृत्व गरेको । मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको यस संस्थाबाट नियमित रूपमा ‘नेपालभूमि’ (विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिका) को प्रकाशन, ‘अक्षरधाम’
(साहित्यिक मासिक पत्रिका) को व्यवस्थापन, रेडियो एबीसी ८९.८ मेगाहर्जबाट ‘शब्दसञ्चार’ (बौद्धिक पाक्षिक) रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण, विभिन्न सोह्र विधामा सम्मानको स्थापना गरी हरेक वर्ष समर्पण, विभिन्न विधाका पुस्तकहरूको प्रकाशन हुने गरेको छ । हालसम्म यस संस्थाबाट राष्ट्रमा ख्याति आर्जन गरेका दर्जनौा व्यक्तित्वहरू पुरस्कृत तथा सम्मानित हुनुभएको छ । यस संस्थाले प्राकृतिक विपत्तिमा परेका लेखक–पत्रकारहरूलाई आर्थिक सहयोग गर्न अक्षरसेवी सहयोग कोषको सञ्चालन पनि गरेको छ । विभिन्न संस्थाहरूसाग यसले सहकार्य गर्ने गरेको छ । यस संस्थासाग विभिन्न सातवटा संस्थाहरू आबद्ध छन् । यो संस्था काभ्रे जिल्लाको भूमिमा भाषा, साहित्य, शिक्षा, संस्कृति, कला, पत्रकारिता, इतिहास, पुरातàव आदि विधासाग सम्बन्धित राष्ट्रिय स्तरको ‘शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ को निर्माण गर्न प्रयत्नशील छ ।

प्राप्त पुरस्कारहरू :
१. सीता राणा प्रतिभा पुरस्कार, २०७१
२. ज्योति उत्कृष्ट स्रष्टा पुरस्कार, २०६६
३. मुक्तिमार्ग दर्शन पुरस्कार, २०६०
४. जवाहर ग्रन्थसम्पादन पुरस्कार, २०५८
५. भूपालमानसिंह कार्की युवा साहित्य पुरस्कार, २०५७
६. भानु कविता–उत्सव पुरस्कार, २०५३

प्राप्त सम्मानहरू :
१. सम्मानपत्र, २०६८ : निष्कलङ्केश्वर महादेव सेवा समिति, भक्तपुर
२. सम्मानपत्र, २०६७ : साहित्य सञ्जाल, रौतहट
३. ॐकारसम्मान, २०६७ : ॐकारवाणी मासिक, काठमाडौा
४. राष्ट्रिय व्यक्तित्व सम्मान, २०६६ : पद्मभुवनेश्वरी नमुना वृद्धसेवाश्रम, सर्लाही
५. रोसी राष्ट्रिय सम्मान, २०६४ : रोसी वाङ्मय प्रतिष्ठान, काभ्रे
६. साजामञ्च सम्मान, २०६३ : सामाजिक जागरण मञ्च, काभ्रे
७. साधना–सम्मान, २०६२ : मध्यमार्ग साप्ताहिक, काभ्रे
८. सृजना–सम्मान, २०६१ : सुनकोसी साहित्य प्रतिष्ठान, काठमाडौा
९. सम्मानपत्र, २०५८ : स्वतन्त्र विचार मञ्च, काठमाडौा
१०. सम्मानपत्र, २०५६ : कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठान, काठमाडौा
११. सम्मानपत्र, २०५६ : प्राकृतिक स्वास्थ्य संस्था, काठमाडौा

प्राप्त उपाधि : स्वामी अक्षरानन्द (२०७१), अक्षरान्वेषक पुरुष (२०६६),

मूल्याङ्कन गरिएका पुस्तकहरू :
१. श्रीमतीको मूल्याङ्कनमा हरि मञ्जुश्री : गङ्गाराम गड्तौला
२. मञ्जुश्री मन्थन : गङ्गाराम गड्तौला
३. नानीबाबुको शल्यक्रिया : माधव काभ्रेली र गङ्गाराम गड्तौला
४. जनमत (हरि मञ्जुश्री विशेष) वर्ष २४, पूर्णाङ्क १३०, वैशाख २०६५
५. अक्षरसेवी अक्षर : रामचन्द्र हुमागाईं
६. मनमनका मञ्जुश्री : आर. सी. विरही

त्रि. वि. बाट मूल्याङ्कन गराइादाका शोधपत्रहरू :
१. हरि मञ्जुश्रीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन : डुण्डिराज न्यौपाने
२. हरि मञ्जुश्रीको निबन्धकारिता : गोविन्दप्रसाद शर्मा
३. हरि मञ्जुश्रीको कथाकारिता : सुमन केसी
४. ‘रहरहरूको लहर’ कवितासङ्ग्रहको कृतिपरक अध्ययन : ऋषिराम ढकाल
५. हरि मञ्जुश्रीका आख्यानात्मक कृतिहरूको अध्ययन : मीरा चापागाईं
६. ‘हामी केही बोल्न सकेनौा’ कथासङ्ग्रहको कृतिपरक अध्ययन : नारायणी दाहाल
७. ‘चालीसौा शताब्दी’ उपन्यासको शैलीवैज्ञानिक अध्ययन : इन्द्रप्रसाद गौतम
८. ‘चालीसौा शताब्दी’ को कृतिपरक अध्ययन : कमला अधिकारी
शोधपत्र लेखिादै गरेको —
९. ‘फोरिएको पर्खाल’ कथासङ्ग्रहको कृतिपरक अध्ययन : जयराम केसी
१०. हरि मञ्जुश्रीका कथासङ्ग्रहहरूको कृतिपरक अध्ययन : रूपा मैनाली
११. ‘हरि मञ्जुश्रीका कथा’ कथासङ्ग्रहको कृतिपरक अध्ययन : कृष्णकुमारी दाहाल
१२. हरि मञ्जुश्रीको कृतित्व : काशीप्रसाद मैनाली

जानकारी लिन सकिने व्यक्तित्वहरू :
१. डा. सुरेशराज शर्मा
संस्थापक उपकुलपति : काठमाडौा विश्वविद्यालय
धुलिखेल, काभ्रे । दूरभाषाङ्क : ०११–४९००९३
२. उर्मिला श्रेष्ठ
पूर्वसदस्य : लोकसेवा आयोग
हाल : सुनाकोठी, ललितपुर । दूरभाषाङ्क : ०१–५५७४०१३

सम्पर्क :
हरि मञ्जुश्री
अध्यक्ष : शब्दयात्रा प्रकाशन
अक्षरधाम, गौतममार्ग, बनेपा — १०, काभ्रे
अथवा
हरि मञ्जुश्री
सञ्चार संयोजक : काठमाडौा विश्वविद्यालय
धुलिखेल, काभ्रे
दूरभाषाङ्क : ०११–६६२९६२ (निवास) र ९७४१०६२१९० (घुम्ती)

Latest Articles

[td_block_big_grid_5 td_grid_style=”td-grid-style-5″]