म आएँ हे धनेश्वर ! म तिम्रै चरणमा आएँ
सबैबाट निराश भएर, तिम्रै शरणमा आएँ

मनको द्वेष हटोस् सबको, मनको द्वेष हटोस्
मेरो भन्ने भाव नआओस्, मनको क्लेष हटोस्
सबको मित्र म बन्न सकूँ, आशीष पाउन धाएँ
म आएँ हे धनेश्वर ! म तिम्रै चरणमा आएँ ।

तिमी हौ एक सहारा मेरा, तिमी नै सहारा मेरा
तोड्न सिकाऊ मनमा रहने, मेरा भनिने घेरा
आत्मनियन्त्रण गर्न सकूँ, आशीष पाउन धाएँ
म आएँ हे धनेश्वर ! म तिम्रै शरणमा आएँ ।