मन्दिर धाएँ, मस्जिद धाएँ, चर्च र गुम्बा धाएँ
आखिर मैले ईश्वरलाई आफूसँग नै पाएँ ।

गएँ हिमालमा, गएँ पहाडमा, गरेँ निकै तपस्या
गएँ तराई भेग, समुद्री क्षेत्र, भयो समस्या
चैत्य र मठमा, गुरुद्वारामा पनि यो शिर निहु¥याएँ
आखिर मैले ईश्वरलाई आफूसँग नै पाएँ ।

डुलेँ स्वदेशमा, घुमेँ विदेशमा, गाउँ–सहर चहारेँ
गुफा–गुफामा, वन–जङ्गलमा चारैतर्फ नियालेँ
मन्त्र पढेँ अनि मूर्ति पुजेँ, पूजा–भजन लगाएँ
आखिर मैले ईश्वरलाई आफूसँग नै पाएँ ।

वेद, त्रिपिटक, मुन्धुम पढ्दै पढेँ कुरान र बाइबल
जति पढ्दा पनि शान्त भएन, मन भो सदैव खल्बल
अल्ला, येशु र बुद्ध, मुहम्मद, तीर्थङ्कर, शिव गाएँ
आखिर मैले ईश्वरलाई आफूसँग नै पाएँ ।