नाम : अशोकचन्द्रगोपाल धुँजू श्रेष्ठ

जन्म : श्रीखण्डपुर (हाल धुलिखेल नगरपलिका — ५) काभ्रेपलान्चोक

जन्ममिति : २००८ असार १७ (१९५१ जुलाई १)

शिक्षा : एमए (अर्थशास्त्र)

भ्रमण : नेपालका विभिन्न जिल्ला तथा भारत, भुटान, मलेसिया, सिङ्गापुर, हङकङ र अस्ट्रेलिया

आबद्धता : प्रकाश पुस्तकालय साहित्य सम्मेलन कमिटीको अध्यक्ष, पशुपति इङलिस स्कुलको कार्यसमितिको अध्यक्ष, नेपाल–नर्वे मैत्री तथा सांस्कृतिक सङ्घको कोषाध्यक्ष, ‘हाम्रो नयाँ सन्देश’ साप्ताहिकको संरक्षक, ‘तथ्यकथा’ मासिकको संरक्षक, ‘सार्थक’ पत्रिकाको आर्थिक निर्देशक, धुलिखेल नगरपालिका साविक वडा नं. ८ श्रीखण्डपुरको नागरिक मञ्च समितिको संयोजक तथा श्रीखण्डपुर भूकम्प राहत वितरण समितिको संयोजक, श्रीखण्डपुर लासकोटोल विकास संस्थाको कोषाध्यक्ष अनि विभिन्न सङ्घसंस्थाको पदेन सदस्य । हाल श्रीखण्डपुर उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, प्रकाश सामुदायिक पुस्तकालय श्रीखण्डपुर कार्यसमितिको संस्थापक अध्यक्ष, शिक्षित बनौं अभियान नेपाल संस्थाको कार्यसमितिको अध्यक्ष ।

प्रतिनिधित्व : सन् १९७६ मा सिङ्गापुर र पेनाङ्गमा आयोजित एसियन युथ काउन्सिलको सेमिनारमा नेपाल सरकारका तर्फबाट प्रतिनिधित्व ।

सम्मान : शिक्षा, स्वास्थ्य तथा समाजसेवाका माध्यमबाट बालबालिकाको विकास एवं कल्याणमा सम्मिलित भई उल्लेखनीय योगदान पु¥याएबापत विभिन्न सामुदायिक विद्यालय र सङ्घसंस्थाबाट सम्मान तथा अभिनन्दन । विभिन्न साहित्यिक पुरस्कारबाट पुरस्कृत ।

Latest Articles

[td_block_big_grid_5 td_grid_style=”td-grid-style-5″]