
१५७. कुमारी सिन्दुर (गीतिकाव्य)

१५६. गोमाको फूलबारी (प्रेरक जीवनकथा)

१५६. गोमाको फूलबारी (प्रेरक जीवनकथा)
१५५. भरतांशु (महाकाव्य)

१५५. भरतांशु (महाकाव्य)
भ्रष्टाचारविरोधी अभियन्ता तथा वाङ्मयसेवी भरतमणि जङ्गमका बारेमा कवि नीलकण्ठ भट्टराईले लेख्नुभएको ‘भरतांशु’ नामक महाकाव्य शब्दयात्रा प्रकाशनले प्रकाशन गरेको छ । भरत जङ्गम शब्दयात्रा प्रकाशनका ठूला सहयोगी हुनुहुन्छ भने नीलकण्ठ भट्टराई शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा वसन्त शर्मा कविता–काव्य सम्मान’ द्वारा सम्मानित महाकाव्यकार हुनुहुन्छ । काव्यकार र काव्यनायक दुवैजना शब्दयात्रा प्रकाशनसँग आबद्ध हुनुभएकाले यो महाकाव्य यस संस्थाका लागि विशेष स्मरणीय छ ।
१५४. The Man Behind Dhulikhel

१५४. The Man Behind Dhulikhel
यो पुस्तक ग्रन्थसम्पादक हरि मञ्जुश्रीले धुलिखेलका रूपान्तरक तथा जनपरिचालक समाजसेवी बेलप्रसाद श्रेष्ठका विषयमा सम्पादन गरी प्रकाशन गराएको ‘धुलिखेलका सारथि बेलप्रसाद श्रेष्ठ’ (अभिनन्दनग्रन्थ) मा प्रकाशित नेपाली भाषाका लेखहरूमध्ये केही लेखहरूलाई अङ्ग्रेजी भाषा अनुवाद गराई र केही लेखहरू थपी सम्पादन गरेर प्रकाशन गरिएको पुस्तक हो । यसमा बेलप्रसाद श्रेष्ठका विषयमा लेखिएका २५ वटा लेख राखिएका छन् ।
१५३. शकुनावली

१५३. शकुनावली
सहदीप पलान्चोकेले आफूले सङ्कलन तथा सम्पादन गरेका तीनवटा पुस्तकहरू शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा प्रकाशन गराउनुभएको छ । यो चौथो कृति हो । सन् १९३६ मा प्रकाशित ‘शकुनावली’ मा ‘प्रतापदिल साधु कृत’ र ‘पुस्तक पाइने ठेगाना बाबु शिवप्रसाद राघोराम, गोर्खा पुस्तकालय रामघाट बनारस सिटी’ छापिएको रहेछ । मूल पुस्तक सहदीप पलान्चोकेसँगै छ । ‘शकुनावली’ को प्रकाशनका लागि सम्पूर्ण व्ययभार आफैँले बहन गरेर पनि उहाँले आफ्नो संस्थाको नाउँ उजिल्याउन शब्दयात्रा प्रकाशनलाई प्रकाशनको जस दिनुभएको हो ।
१५२. शङ्खमूल माहात्म्य र कुम्भेश्वर महादेव

१५२. शङ्खमूल माहात्म्य र कुम्भेश्वर महादेव
‘शङ्खमूल माहात्म्य र कुम्भेश्वर महादेव’ मा लेखिका नवीना श्रेष्ठले हाल ललितपुर जिल्लामा पर्ने शङ्खमूल क्षेत्रको माहात्म्य र कुम्भेश्वर महादेवको वर्णन गरी सम्बन्धित चित्रहरू पनि प्रस्तुत गर्नुभएको छ भने तारकेश्वर महादेव, कृष्णवर्णेश्वर महादृव र फड्केश्वर महादेव क्षेत्रको यात्रावर्णन पनि थप सामग्रीका रूपमा राख्नुभएको छ । त्यसैले आध्यात्मिक, ऐतिहासिक र पुरातात्त्विक विषयमा शोध गर्न खोज्ने शोधार्थीहरूका लागि यो पुस्तक राम्रो सन्दर्भ सामग्री बनेको छ ।
१५१. कुँडिएका मनहरू

१५१. कुँडिएका मनहरू
१५०. उठ न साथी उठ (कवितासङ्ग्रह)

१५०. उठ न साथी उठ (कवितासङ्ग्रह)
१४९. इतिहासमा रहेका भ्रम तथा निवारण (प्राचीन, मध्य र आधुनिक काल)

१४९. इतिहासमा रहेका भ्रम तथा निवारण (प्राचीन, मध्य र आधुनिक काल)
नेपालको इतिहासलेखनमा देखिएका अपुष्ट, अव्याख्येय, अतार्किक र असान्दर्भिक केही विषयलाई पुष्टि गर्ने, व्याख्या गर्ने, तर्कसम्मत बनाउने, सान्दर्भिकता प्रदान गर्ने र अपव्याख्या भएका प्रसङ्गलाई सही व्याख्या गरेर इतिहासलेखनलाई प्रामाणिक स्वरूप दिने लेखहरू भरतमणि जङ्गमले लेख्नुभएको थियो । ती लेखहरू विभिन्न प्रकाशनमा प्रकाशित थिए । तिनलाई एकै ठाउँमा स्थान दिएर केही नयाँ सामग्री पनि राखेर ‘इतिहासमा रहेका भ्रम तथा निवारण’ पुस्तक प्रकाशन गरिएको हो । हालसम्मको पछिल्लो अनुसन्धान यही नै भएकाले त्यस्तो स्थिति नआएसम्मका लागि नेपालको इतिहासमा देखापरेका केही भ्रमहरूको अन्तिम निराकरण यही नै हो भनेर स्वीकार गर्नुपर्ने हुन्छ ।
१४८. त्रिरत्न (बाछिटासङ्ग्रह)

१४८. त्रिरत्न (बाछिटासङ्ग्रह)
नेपाली साहित्यमा कविता विधाको एउटा भेद ‘बाछिटा’ नामबाट नयाँ प्रयोगका रूपमा आएको छ । त्यसैले ‘बाछिटा’ लाई कविताको उपविधा भन्न सकिन्छ । ‘बाछिटा’ को प्रयोग गरी कविता लेख्न थालिएको एक वर्ष पनि पुगेको छैन । स्वतन्त्र अस्तित्वको र छुट्टै संरचना रहेको ‘बाछिटा’ उपविधा पाठक र सर्जकका बीचमा प्रिय बनिरहेको छ र यस विधाका पाठक तथा सर्जकहरूको सङ्ख्या पनि बढिरहेको छ । विष्णु भट्टराई ‘विभु’, केशव बैरागी माइँलो र अम्बिका धितालले नेपाली साहित्यलाई ‘त्रिरत्न’ नामक पहिलो बाछिटासङ्ग्रह नै उपहार दिनुभएको छ । ‘त्रिरत्न’ शब्दलाई तीनजना कृतिकाररत्न, ‘बाछिटा’ का तीन हरफरत्न, तीनजनाका ३३३ — ३३३ कवितारत्न, सर्जक, सम्पादक र प्रकाशकको सम्मिलनरत्न, जुनसुकै अर्थ पनि दिन सकिन्छ ।

