सरस्वती चिमौरियालाई सारस्वत सम्मान समर्पण
म देश यो उठाउँछु गानको म्युजिक भिडिओ सार्वजनिक
२७०. नीलकण्ठेश्वर धाम र कृष्णमणि कुइकेल
शब्दयात्रा प्रकाशनले लघु अनुसन्धान परियोजना अन्तर्गत हरेक वर्ष पाँचजना अनुसन्धातालाई अनुसन्धान विद्वत्वृत्ति समर्पण गर्ने गरेको छ । त्यसै क्रममा दामोदर घिमिरेमा २०८२ सालको ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वत्वृत्ति’ समर्पण गरिएको थियो । त्यही विद्वत्वृत्ति अन्तर्गत दामोदर घिमिरेले ‘नीलकण्ठेश्वर धाम र कृष्णमणि कुइकेल’ नामक प्रस्तुत पुस्तिका तयार पार्नुभएको हो । यस पुस्तिकाबाट नीलकण्ठेश्वर धामको निर्माण कसरी भयो, यस कार्यमा को–को संलग्न हुनुहुन्थ्यो, कसकसले कस्तोकस्तो सहयोग गर्नुभयो, धामको परिसरमा केके संरचनाहरू निर्मित छन्, कृष्णमणि कुइकेलको भौतिक चिनारी के हो, उहाँका विचारहरू कस्ता छन् आदि जानकारी लिन सकिन्छ ।
जीवनी साहित्यमा पनि सम्मान
चयन गर्ने तीनजना
२६९. नेवाः सभ्यताका केही संस्कार–संस्कृति
२६८. गृहस्थ योगसाधकका गुणहरू
प्राचीनकालदेखि नै गृहस्थ योगसाधकमा कुन–कुन गुणहरू हुनपर्दछ, जसले गर्दा ऊ योगसाधना र गृहस्थ धर्म दुवैमा सफल होस् भनी विभिन्न चिन्तन, मनन र अनुसन्धानहरू हुँदै आएका छन् । १२ औं शताब्दीमा महान् साहित्यकार हेमचन्द्र सूरीश्वरले आफ्नो ‘योगशास्त्र’ भन्ने पुस्तकको प्रथम अध्यायमा गृहस्थ योगसाधकका लागि आवश्यक ३५ गुणहरूको वर्णन गर्नुभएको थियो । तिनै ३५ गुणहरूलाई पतञ्जली योगपीठबाट आचार्य बालकृष्णजी महाराजले संस्कृतबाट हिन्दीमा अनुवाद गरी सबै सद्गृहस्थका लागि उपलब्ध गराइदिनुभएको थियो । गृहस्थ योगसाधकमा हुनुपर्ने ३५ गुणहरूलाई विदुरनीति, चाणक्यनीति, भर्तृहरिनीति, मनुस्मृति, योगदर्शन तथा श्रीमद्भगवद्गीताबाट समेत अझ बढी पुष्टि र प्रकाश पार्ने प्रयास गर्दै दिवाकर जङ्गमले यो पुस्तक तयार पार्नुभएको हो ।
२६७. यस्तो मोडमा
‘यस्तो मोडमा’ प्रकाश श्रेष्ठको पहिलो कवितासङ्ग्रह हो । यस सङ्ग्रहमा उहाँका गद्यकविताहरू सङ्कलित छन् । उहाँका सयौँ सङ्ख्याका फुटकर कविताहरूमध्ये छानिएका एकचालीसवटा कविताहरू मात्र यसमा राखिएका छन् । तीमध्ये पनि केही त छोटा–छोटा अथवा मुक्तकजस्ता छन् । लामो कविता चार पृष्ठको छ । यसभित्रका सबै कविताहरूले युग बोलेका छन्, नेपालको अवस्था बोलेका छन्, जनताको आवाज बोलेका छन्, विसङ्गतिले थिलथिलो बनाएको समाज बोलेका छन्, घात र अविश्वास बोलेका छन् अनि अन्याय र विरोधाभास बोलेका छन् । पहिलो कवितासङ्ग्रह नै यति सुन्दर छ भने माझिएको अर्को सङ्ग्रह कस्तो होला भन्ने कौतूहलले पाठकलाई कुतकुत्याउँछ ।

