Home Blog Page 5

लोकदोहोरी गायिका विष्णु परियारलाई सम्मान गरिने

0

लोकगायक नीलमणि भण्डारीलाई सहयोगसहित सम्मान गरिने

0
शब्दयात्रा प्रकाशनले विकलाङ्ग लोकगायक नीलमणि भण्डारी (भोजपुर) लाई रु. १०,०००।– सहित सम्मान गर्ने भएको छ । आगामी वैशाख ५ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिने समारोहमा उहाँलाई सहयोगसहित सम्मान गरिनेछ । शब्दयात्रा प्रकाशनले साहित्यकार, कलाकार र पत्रकारलाई आर्थिक सहयोग गर्न अक्षरसेवी सहयोग कोष खडा गरेको छ । सो कोषमा धुलिखेलनिवासी केशव खुलाल क्षत्रीले पनि आफ्ना पिता टीकाबहादुर खुलाल क्षत्री र माता रमाकुमारी खुलाल क्षत्रीको स्मृति र सम्मानमा अक्षयकोषको स्थापना गर्नुभएको छ । उक्त अक्षयकोषको ब्याजबाट विकलाङ्ग लोकगायक नीलमणि भण्डारीलाई आर्थिक सहयोगसहित सम्मान गरिने भएको हो । उहाँले धेरै गीत, भजन र कवितामा आफ्नो स्वर दिनुभएको छ । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा उहाँप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार प्रकट गर्दछ ।

२७१. हरि मञ्जुश्रीका जागरण गान

डा. इन्दुल केसीले लेख्नुभएको ‘हरि मञ्जुश्रीका जागरण गान’ उहाँको नवौँ कृति हो । यस पुस्तकको मूल विषय शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री हुनुहुन्छ । हरि मञ्जुश्रीले लेखेर सङ्गीतबद्ध गर्नुभएका गानहरूमध्ये १० वटा गानका विषयमा यस पुस्तकमा चर्चा गरिएको छ । हरि मञ्जुश्रीको परिचयबाट सुरु भएर भजन–गान र जागरण गानका विषयमा परिचय गराउँदै ती गानहरूका बारेको टिप्पणी र जागरण गानसँग सम्बन्धित व्यक्तिहरूको उल्लेखका साथै उपसंहार तथा परिशिष्ट खण्डमा सम्बन्धित सामग्रीहरूको प्रस्तुति यस पुस्तकको विशेषता हो । यस पुस्तकले प्रा. डा. कुलप्रसाद कोइरालाले लेख्नुभएको ‘हरि मञ्जुश्रीका उद्बोधन गान’ पुस्तकमा नपरेका १० वटा जागरण गानको व्याख्या गरेको छ ।

सातजनालाई शब्दयात्रा सम्मान समर्पण

0
शब्दयात्रा प्रकाशनले सातजना राष्ट्रिय प्रतिभामा सम्मान समर्पण गरेको छ । सम्मान ग्रहण गर्नेहरूमा डा. हेमाङ्गराज अधिकारी, रामबाबु सुवेदी, डा. नारायणप्रसाद खनाल, ‘वनिता’ साहित्यिक पत्रिका, शैलेन्द्र सिम्खडा, चन्द्रप्रसाद न्यौपाने र लालबहादुर भुजेल हुनुहुन्छ ।
भाषासेवी डा. हेमाङ्गराज अधिकारीमा पद्मकला–भीमप्रसाद सुवेदी भाषासेवा सम्मान समर्पण गरियो । उहाँलाई उपहार, भेटी र किरीट कोष व्यवस्थापक प्रा. लालानाथ सुवेदीले तथा अभिवन्दनापत्र गीतिभास्कर मच्छेश्वर सापकोटाले समर्पण गर्नुभएको थियो । बालसाहित्यकार रामबाबु सुवेदीमा विष्णुमाया–टीकाप्रसाद बालसाहित्य समर्पण गरियो । उहाँलाई किरीट र उपहार सन्देश पराजुलीले, भेटी कोष व्यवस्थापककी अर्धाङ्गिनी माधवी पराजुलीले तथा अभिवन्दनापत्र डा. हेमाङ्गराज अधिकारीले समर्पण गर्नुभएको थियो । समालोचक डा. नारायणप्रसाद खनालमा हरिगोपाल प्रधान समालोचना सम्मान समर्पण गरियो । उहाँलाई भेटी र किरीट कोष व्यवस्थापक हरिगोपाल प्रधानले तथा अभिवन्दनापत्र रामबाबु सुवेदीले समर्पण गर्नुभएको थियो । उहाँहरूलाई चयन समितिका संयोजक प्रा. केदारनाथ श्रेष्ठले पुष्पमाला र उपहार समर्पण गर्नुभएको थियो । ‘वनिता’ साहित्यिक पत्रिकाका लागि सम्पादक लक्ष्मी उप्रेतीमा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान समर्पण गरियो । उहाँलाई माला चन्द्रप्रसाद न्यौपानेले, उपहार शैलेन्द्र सिम्खडाले, भेटी डा. नारायणप्रसाद खनालले, किरीट रामबाबु सुवेदीले र अभिवन्दनापत्र डा. हेमाङ्गराज अधिकारीले समर्पण गर्नुभएको थियो ।
यसै गरी हास्यव्यङ्ग्यकार शैलेन्द्र सिम्खडामा रुद्रलाल शर्मा हास्यव्यङ्ग्य सम्मान समर्पण गरियो । उहाँलाई भेटी र किरीट कोष व्यवस्थापक शारदाप्रसाद शर्माका तर्फबाट ढकलप्रसाद धितालले तथा अभिवन्दनापत्र डा. हेमाङ्गराज अधिकारीले समर्पण गर्नुभएको थियो । महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेमा वसन्त शर्मा कविताकाव्य सम्मान समर्पण गरियो । उहाँलाई भेटी र किरीट कोष व्यवस्थापक कविप्रसाद प्याकुरेलका तर्फबाट कविता आचार्यले तथा अभिवन्दनापत्र शैलेन्द्र सिम्खडाले समर्पण गर्नुभएको थियो । अनुसन्धाता लालबहादुर भुजेलमा जयदेव अधिकारी अनुसन्धान सम्मान समर्पण गरियो । उहाँलाई भेटी र किरीट कोष व्यवस्थापक राजेन्द्र विरहीले तथा अभिवन्दनापत्र चन्द्रप्रसाद न्यौपानेले समर्पण गर्नुभएको थियो । उहाँहरू तीनैजनालाई चयन समितिका सदस्य लीलादेवी श्रेष्ठले पुष्पमाला र उपहार समर्पण गर्नुभएको थियो ।
कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्षमा यही चैत १४ गते शनिबार आयोजना गरिएको थियो ।

संस्थापक अध्यक्ष हरि मञ्जुश्री पुरस्कृत

0
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई वासु शशी स्मृति परिषद्ले हिजो पुरस्कृत गरेको छ । उहाँलाई २५ हजार रुपियाँसहित कृष्ण–सरस्वती साहित्य पुरस्कार, २०८२ द्वारा पुरस्कृत गरिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्ष कमलादी काठमाडौँमा आयोजित समारोहमा उहाँलाई विशेष अतिथि यादव खरेलले रकम, माला र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । पुरस्कृत भएपछि मन्तव्य व्यक्त गर्ने क्रममा हरि मञ्जुश्रीले आफू कृष्ण जोशीको जिल्लामा जन्मेको, वासु शशीको जिल्लामा आएर शिक्षा र क्षमता प्राप्त गरेको र यादव खरेलको जिल्लामा पु्गेर त्यसको उपयोग गरेको हुनाले यो पुरस्कार आफ्ना लागि विशेष रहेको बताउनुभएको थियो ।

सम्मान समर्पण तथा पुस्तक र गान सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

0

हरि मञ्जुश्रीका जागरण गान सार्वजनिक

0

नयाँ प्रकारको गान ‘ए रुद्र ओ रुद्र’ सार्वजनिक

0

नयाँ प्रकारको गान ‘ए रुद्र ओ रुद्र’ आज चैत १४ गते शनिबार सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आज आयोजित कार्यक्रममा गानका सुपरिवेक्षक गीतिभास्कर मच्छेश्वर सापकोटाको उपस्थिचिमा यस गानका गायक वसन्त कुइकेलले गानलाई सार्वजनिक गर्नुभएको हो । यस गानमा राष्ट्रभरि व्याप्त विकृति, विसङ्गति र भ्रष्टतालाई निर्मूल पार्नका लागि जाग्रत हुन आह्वान गरिएको छ । हरि मञ्जुश्रीद्वारा लिखित तथा सङ्गीतबद्ध यो गान शब्दयात्रा प्रकाशनको यु–ट्युब च्यानल अक्षरधामबाट सुन्न पाइन्छ ।

प्रोजेक्टर र पाठ्यसामग्रीहरू प्राप्त

0
शब्दयात्रा प्रकाशनमा अग्रज समाजसेवी तथा साहित्यसेवी सावित्री जङ्गम थापाद्वारा संस्थापित योगदानी महिला अनुसन्धान केन्द्रका लागि प्रोजेक्टर र पाठ्यसामग्रीहरू उपहारस्वरूप प्राप्त भएका छन् । ती सामग्रीहरू दिदीबहिनी संस्थाका तर्फबाट अध्यक्ष सलोनी प्रधान सिंहले प्रदान गर्नुभएको हो । पाठ्यसामग्रीहरूमा योगदानी महिलाका विषयमा अनुसन्धान गर्दा आवश्यक पर्ने पुस्तक, पत्रिका, स्मारिका र प्रतिवेदनहरू छन् । प्रोजेक्टर र पाठ्यसामग्रीहरू प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन परिवार समाजसेवी तथा महिला अधिकारकर्मी सलोनी प्रधान सिंहप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

चैत १४ गते सम्मान समर्पण तथा पुस्तक र गान सार्वजनिक गरिने

0