दुर्गादेवी–मेदनीप्रसाद घिमिरे पुरस्कार समर्पण
अक्षरसेवी सहयोग कोषमा ११ हजार ३ सय रुपियाँ प्रदान
लोकगायक नीलमणि भण्डारीलाई नगदसहित सम्मान
हरि मञ्जुश्रीको आध्यात्मिक गान सार्वजनिक
२७३. धुलिखेलकी नानी भगवती
धुलिखेलका शिक्षासेवी, समाजसेवी तथा आध्यात्मिक व्यक्तित्व लक्ष्मीदास खाछे श्रेष्ठले लेख्नुभएको ‘धुलिखेलकी नानी भगवती’ नामक यो पुस्तिका २४ पृष्ठको मात्रै छ, तर यसभित्र नानी भगवतीका विषयमा सुनिएको किंवदन्ती, पूजा र जात्राका बारेमा सचित्र वर्णन छ । आधिकारिक व्यक्तिबाट लेखिएकाले यो आधिकारिक पनि छ । त्यसैले सांस्कृतिक, पुरातात्त्विक र ऐतिहासिक अध्ययनका लागि यो पुस्तिका पठनीय, मननीय र सङ्ग्रहणीय छ । भविष्यको पुस्ताका लागि यो पुस्तिका सुन्दर अभिलेख हो । सम्पदाको संरक्षण गर्ने दिशामा नयाँ पुस्तालाई पुरानो पुस्ताले हस्तान्तरण गर्नुपर्ने विषय नै यस्तै हो । लक्ष्मीदास खाछे श्रेष्ठले यो काम गरेर धुलिखेलको समाजलाई ठूलो गुन लगाउनुभएको छ ।

