
नाम : माधवप्रसाद चापागाई
पिता : लेखनाथ चापागाईं
माता : नन्दकुमारी चापागाई
जन्मस्थान : षडानन्द नगरपालिका वडा नं. ४, दिङला साङराङ, भोजपुर
जन्ममिति : २००२ साल पुस १९ गते बुधबार (पौष कृष्णपक्ष चतुर्दशी)
शिक्षा : पोस्टग्राजुएट डिप्लोमा (वासिङटन युनिभर्सिटी, अमेरिका)
अनुभव : (क) नेपाल सरकारको सेवामा २९ वर्ष सेवा गरी २०५८ सालमा उपसचिव पदबाट अनिवार्य अवकाश पाएको । (ख) श्री षडानन्द संस्कृत विद्यालय दिङलामा ५ महिनासम्म स्वयंसेवक भएर अध्यापन गरेको । (ग) श्री अरुण माध्यमिक इङलिस स्कुल दिङलाको
स्थापनामा सक्रिय सहयोग गरेको ।
मानपदवी : (क) शुभराज्याभिषेक पदक, २०३१
(ख) जनपद सेवापदक
(ग) दैवी प्रकोप पीडितोद्धार पदक, २०४५
(घ) गोरखादक्षिणबाहु चौथो, २०५०
सामाजिक कार्य : (क) लायन्स क्लब अफ दिङला भोजपुरको संस्थापक उपसभापति एवं सभापति, (ख) विराट धर्मशास्त्र सङ्ग्रहालय तथा पुस्तकालय विराटनगरको २०६६ सालदेखि हालसम्म सभापति (ग) चापागाई समाज काठमाडौंको संस्थापक अध्यक्ष २०५८ सालदेखि २०७१ सालसम्म
भ्रमण ः बेलायत, इन्डोनेसिया, सिङ्गापुर, थाइल्यान्ड, अमेरिका, भारत आदि
प्रकाशित कृति ः जीवन एक भोगाइ अनेक (आत्मसंस्मरण)
ः नजोडिएको सम्बन्ध (उपन्यास)
ठेगाना : २५२ अम्बिका मार्ग, पुरानो बानेश्वर, काठमाडौं महानगरपालिका वडा नं. ३१, काठमाडौं, नेपाल