शब्दयात्रा प्रकाशनले विभिन्न बालसाहित्यिक कृतिहरूका लागि बालसाहित्यकार रामबाबु सुवेदी (कास्की) लाई ‘शब्दयात्रा विष्णुमाया–टीकाप्रसाद बालसाहित्य सम्मान, २०८२’ समर्पण गर्ने भएको छ । बालसाहित्यकार गोपाल पराजुलीले आफू जीवित छँदै आफ्ना मातापिताको स्मृति र सम्मानमा यस सम्मानका लागि कोषको व्यवस्था गर्नुभएको थियो । सम्मान यही चैत महिनामा शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिने समारोहमा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन परिवार बालसाहित्यकार रामबाबु सुवेदीप्रति हार्दिक आभार व्यक्त गर्दछ ।