Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्रकाशप्रसाद उपाध्यायलाई आमसञ्चार सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ प्रकाशप्रसाद उपाध्याय (सप्तरी) मा समर्पण गर्ने भएको छ । चार दशकसम्म अल इन्डिया रेडियोबाट...
Homepublications२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर लेखिएको पुस्तक हो । हरि मञ्जुश्रीको जीवनपथ, कवितापथ, कथापथ र निबन्धपथको चर्चा गरेर सङ्गीतपथको चर्चा गर्दै उपसंहारका रूपमा निष्कर्ष पनि प्रस्तुत गरिएको र अन्तिममा हरि मञ्जुश्रीको समग्र व्यक्तिवृत्तसमेत समावेश गरिएको यस पुस्तकले हरि मञ्जुश्रीको बहुआयामिक योगदानका बारेमा पाठकलाई जानकारी दिनेछ । हरि मञ्जुश्रीको जीवनका आरोह–अवरोह, साहित्यिक यात्रा, संस्थागत यात्रा र साङ्गीतिक यात्राका बारेमा पाठकलाई विस्तृत रूपमा जानकारी दिन यसले सहयोग गर्नेछ । साहित्यिक, साङ्गीतिक र संस्थागत यात्राका मूल–मूल विशेषताहरू के–के हुन् भन्ने कुरा पनि यस पुस्तकले स्पष्ट पारिदिएको छ । सारांशमा भन्नुपर्दा यो पुस्तक हरि मञ्जुश्रीमाथिको समग्र मूल्याङ्कन हो ।