शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ बाट २०७२ सालका लागि गत फागुन २५ गते सम्मानित अग्रज पत्रकार कोशराज रेग्मीको गत चैत ४ गते विराटनगरमा निधन भएको छ । उनी झर्रोवादी आन्दोलनका प्रवर्तकमध्ये एक थिए ।
शब्दयात्रा प्रकाशन कोशराज रेग्मीको आत्मशान्तिको कामना गर्दै शोकविह्वल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।