विविध कार्यक्रमअन्तर्गत शब्दयात्रा घुम्ती पुस्तक पसलको उद्घाटन गरियो । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित र शब्दयात्रा प्रकाशनसँग सम्बद्ध सर्जकहरूका सिर्जनाहरू बिक्री–वितरण गर्नका लागि उक्त घुम्ती पुस्तक सञ्चालन गर्न थालिएको हो । पुस्तक पसल सञ्चालन गर्ने जिम्मा जगन्नाथ दाहाललाई दिइएको छ । काभ्रे जिल्लामा घुम्ती पुस्तक पसलको शुभारम्भ गर्ने साहित्यिक संस्था शब्दयात्रा प्रकाशन बन्न पुगेको छ ।
शब्दयात्रा प्रकाशनद्वारा पाठकहरूको सुविधाका लागि सञ्चालित शब्दयात्रा घुम्ती पुस्तक पसलले हरेक पुस्तकको मूल्यमा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।